logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • नाडामा सदस्यका उम्मेदवार को हुन् गोपाल भट्टराई !  

    नाडामा सदस्यका उम्मेदवार को हुन् गोपाल भट्टराई !  

    10K
    Shares

    चितवन । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल(नाडा)को आसन्न निर्वाचनका लागि चितवनका स्थापित अटोमोबाइल व्यवसायी गोपाल भट्टराईले सदस्य पदमा उमेदवारी दिएका छन । झण्डै तीन दशक अघिदेखि यस व्यवसायलाई अघि बढाउंँदै आएका भट्टराइले करण चौधरीको प्यानलबाट केन्द्रिय कार्यसमिति सदस्य  पदमा उम्मेद्वारी दिएका हुन् ।

    उम्मेदवारी घोषणा गर्दै भट्टराईले यस पेशा र व्यवसायको व्यवसायिककरण,  हक र हितको लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘मेरो यस व्यवसायको लामो अनुभव र व्यवसायी साथीहरुको माया सद्भावले सदस्यमा उम्मेद्वारी दिएको हुंँ, उनले भने, आशा छ उहांँहरुको अमुल्य मत बाट केन्द्रीय सदस्यको रुपमा काम गर्ने अवसर पाउने छु ।’ नाडाको केन्द्रीय अधिवेशन आजबाट निर्वाचन  प्रक्रिया शुरु हुने र  भोलि(बिहिबार) काठमाडौंमा निर्वाचन हुंँदैछ । यसका लागि १७ जना निर्वाचित पदाधिकारी तथा सदस्य र प्रत्येक प्रदेशबाट एक ÷एक जना गरी ७ जना केन्द्रीय समितिमा रहनेछन् । 

    सानैदेखि मिलनसार , भद्र स्वभावका गोपाल भट्टराई  चितवनको अटोमोबाइल क्षेत्रमा  स्थापित तथा चर्चित नाम हो । पुख्र्योली पेशाबाटनै आफूलाई अभ्यस्त बनाउंँदै आएका भट्टराई अटोमोबाईल व्यसायमा आशालाग्दा र उर्जाशील युवा व्यवसायी हुन् । नेपालमा अटोमोबाइल व्यवसायबाट पनि सफल र उदाहरणीय काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिसकेका भट्टराई शालीन र सहयोगी व्यवसायीका रुपमा चिनिएका उनले  चितवनमा आफ्नो परिचयलाई थप फराकिलो बनाउंँदै गएका छन । व्यवसायमा सफल साथै व्यवसायीहरुको मन जित्न सफल उनी सिप्रदी ट्रेडर्सको आधिकारिक डिलर्सको रुपमा सञ्चालन हुंँदै सफल मोटर्सका प्रबन्ध निर्देशक हुन् । यस व्यवसायमा उनको योगदान, इतिहास र अनुभवको लामो फेहरिस्तनै छ । 

    २०५४ सालमा भट्टराई  चितवन अटोमेकानिकल व्यवसायी संघको कोषाध्यक्ष , त्यस पछि सोही संस्थाको २ कार्यकालसम्म अध्यक्ष भएका थिए । उनी  २०६९ सालबाट स्थापित उनकै नेतृत्वमा अटोमेकानिक बचत तथा ऋण सहकारीको उनी अध्यक्ष भएर आफ्नो सफल जिम्मेवारी पुरा गरिसकेका छन्   ।

    हाल उनी अटो मोबाईल मेकानिक्स संघको केन्द्रीय उपाध्यक्ष र चेम्बर अफ कमर्स , चितवनको उपाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गर्दै आएका छन् । भट्राई अटोमोबाइल क्षेत्रमा सदस्य पदमा उम्मेद्वारी दिने एक मात्र उम्मेद्वार हुन् । उनी आफ्नो व्यवसायिक यात्रामा मात्र सफल छैनन , सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन । त्यसैले पनि उनको समाजमा उनको  उत्तिकै भरोसा र विश्वास बढ्दै गएको छ ।  
     उनी नारायणगढ जेसीजको बर्ष २०१६ को उनी अध्यक्ष एवं विभिन्न सामाजिक संघसंस्थाका विभिन्न पद तथा जिम्मेवार तहमा रहेर समाजसेवामा समेत अग्रसर हुंँदै आएका छन् । उनले केहीबर्षदेखि  सिप्रदी सहायता संस्था मार्फत ३५ जना चेपाङको पढाइमा आर्थिक तथा रचनात्मक सहयोग पुर्याउंँदै आएका छन । व्यवसाय संँगै समाज सेवामा उत्तिकै अभिरुचि राख्ने उनले आफू सदस्यमा निर्वाचित भए भने यस क्षेत्रमा भएका समस्या तथा चुनौतिलाई समाधान गर्दै आम व्यवसायिको प्रतिनिधित्व हुने गरी आफ्नो दायित्व पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्छन । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend