logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • माओवादी केन्द्र कर्णाली प्रदेशको सम्मेलन सुर्खेतमा, को–को छन् आकांक्षी

    माओवादी केन्द्र कर्णाली प्रदेशको सम्मेलन सुर्खेतमा, को–को छन् आकांक्षी

    4.8K
    Shares

    जाजरकोट ।  नेकपा (माओवादी केन्द्र)को प्रथम प्रदेशस्तरीय अधिवेशन शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित सिटी हलमा सुरु भएको छ । कर्णालीका १० जिल्लाका करिब आठजना प्रतिनिधिहरूको सहभागितामा कर्णाली प्रदेशको सम्मेलन सुरु भएको हो ।

    कर्णाली प्रदेशको नेतृत्वका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका १६ जना केन्द्रीय सदस्यमध्ये १४ जनाले नेतृत्वका लागि आंकाक्षा देखाएका छन् । कर्णालीबाट केन्द्रीय सदस्य रहेका हालका अध्यक्ष राजकुमार शर्मा र सचिवमा रामदीप आचार्य, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल, मायाप्रसाद शर्मा, नरेश भण्डारी, गजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, र वसन्त शर्मा, नरबहादुर विष्टले अध्यक्ष हुने आंकाक्षा देखाएका छन् ।

    १६ केन्द्रीय सदस्यमध्ये अर्थमन्त्री रहेका जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत प्रदेश अध्यक्षमा आंकाक्षी छैनन् । केन्द्रमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र हालका अर्थमन्त्री जर्नादन शर्मा केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका रुपमा रहँदै आएका छन् । तर, कर्णाली प्रदेशमा आउँदा यी दुवै नेताले आआफ्ना गुट सञ्चालन गरेका छन् ।

    कर्णालीमा अहिले १४ जनामध्ये कालीबहादुर मल्ल, मायाप्रसाद आचार्य, रामदीप आचार्य, नरेश भण्डारी र महेन्द्रबहादुर शाही, हालका अध्यक्ष राजकुमार शर्माले अध्यक्षका दाबी गरेका छन् । कालीबहादुर, नरेश, रामदीप, मायाप्रसाद बस्नेत समूहका हुन भने महेन्द्र र राजकुमार जर्नादनका समूहमा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend