logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सडक निर्माणका क्रममा डोजरले किच्दा बालकको मृत्यु

    सडक निर्माणका क्रममा डोजरले किच्दा बालकको मृत्यु

    3K
    Shares

    सिरहा । सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत  धनगढीमाई नगरपालिका ९ मुसहर्नियामा डोजरले किचेर एक बालकको मृत्यु भएको छ । सडक निर्माणकार्यमा सम्लग्न चाइना रेलवे कम्पनीको डोडरले किचेर आज अपरान्ह स्थानीय संदिप मोक्तानको ९ वर्षिय छोरा सिद्धार्थ  मोक्तानको मृत्यु भएको हो ।

    सडक पेटिमै खेलिरहेका बालकको डोजर व्याक गर्ने क्रममा किचेर घटनास्थलमै मृत्यु भएको स्थानीय उमेश यादबले जानकारी दिए । जिल्ला प्रहरी कार्यलय सिरहाका अनुसार  प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र चालक नियन्त्रणमा लिएको जनाएको छ । 
    शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाए छ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend