logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोखराको मदनमार्गामा आगलागी हुँदा घर जलेर नष्ट

    पोखराको मदनमार्गामा आगलागी हुँदा घर जलेर नष्ट

    4.1K
    Shares

    पोखरा । पोखरामा आगलागी हुँदा  एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको आगलागी भएको हो ।

    अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन् । राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    आगलागीपछि पोखरा महानगरपालिकाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी  रहेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend