logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिन्धुलीको दुधौलीमा हात्ती आतंक, तीनदिनमा डेढदर्जन घरमा क्षती

    सिन्धुलीको दुधौलीमा हात्ती आतंक, तीनदिनमा डेढदर्जन घरमा क्षती

    4.1K
    Shares

    सिन्धुली । सिन्धुलीको दुधौलीमा जंगली हात्तीले आतंक मच्चाएको छ । केही दिन देखि दुधौली नगरपालिका वडा नं. ११ मा विगत केही दिन देखी जंगली हात्तीले आतंत्र मच्चाउन थालेका हो ।

    जंगली हात्तीले तीनदिनको समयमा दुधौली ११ का विभिन्न स्थानमा रहेका बस्तीका डेढ दर्जन बढी घरहरु भत्काएको छ । गए राति पनि दुधौली नगरपालिका–११ लमाहाडाँडामा एकलासमा रहेको अना सदा मुसहरको घर तीनवटा हात्तीले  भत्काएर क्षति पुर्‍याएको वडाध्यक्ष कुमार लामाले जानकारी दिए ।  हात्तीले आएको संकेत भएपछि अनाको परिवार सुरक्षित स्थानमा रातभर लुकेर बसेको वडाध्यक्ष लामाको भनाइ छ ।

    हात्तीले घर भत्काउनुका साथै भण्डारमा राखेको धान, अन्य अन्नबाली नष्ट गरिदिएको छ । टायलको छाना लगाएको घर भत्काउँदा भाँडावर्तन र लत्ताकपडा समेत नष्ट भएको बताइएको छ  ।

    सोही वडाको माथिल्लो पत्रिङ्गामा दुईदिनमा जंगली हात्तीले १८ घर भत्काएको छ । यो समेत जंगली हात्तीले भत्काएको घरको संख्या १९ पुगेको छ । अहिले पनि हात्ती बस्ती नजिकै लमाहा खोल्सीमा हुनसक्ने भन्दै स्थानीय त्रसित छन् ।

    डिभिजन वन कार्यालय सिन्धुलीले पर्सा राष्ट्रिय निकुञ्जबाट कोसीटप्पु जाने क्रममा ती हात्ती आएको हुनसक्ने जनाएको छ । गत वर्ष पनि हात्तीले दुधौली नगरपालिकाको विभिन्न वडामा दुइदर्जन बढी घर भत्काएर क्षति पुर्‍याएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend