logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सिन्धुलीको दुधौलीमा जंगली हात्तीले पुनः ७ घर भत्कायो

    सिन्धुलीको दुधौलीमा जंगली हात्तीले पुनः ७ घर भत्कायो

    3K
    Shares

    सिन्धुली । जंगली हात्तीले सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानीमा पसनः ७ घर भत्काएको छ । दुधौलीकै वडा नम्बर ११ पत्रिङ्गामा चाररातमा २८ घर भत्काएका जंगली हात्तीकै बथानले उत्तरतर्फ आएर मंगलबार राति ७ घर भत्काएका हुन् । 

    तीन वटा जंगली हात्तीले कालापानीमा ७ घर भत्काएको र भकारीको करिब ३० मुरी धान खाएको वडाध्यक्ष साने धामीले जानकारी दिए । उनका अनुसार कालापानीका स्थानीय दिपलाल धामी, प्रेमलाल कुमर, रितलाल कुमर, रती धामी, दोर्जे मोक्तान, तेजनाथ अधिकारी र बालकुमारी धामीको घर जंगली हात्तीले भत्काइदिएको छ ।

    डिभिजन वन कार्यालय सिन्धुलीले कोसीटप्पु वन्यजन्तु आरक्षबाट पर्सा राष्ट्रिय निकुञ्जमा आउजाउ गर्ने क्रममा ती हात्ती अहिले दुधौली नगरपालिकाको विभिन्न वडामा क्षति पुर्‍याएको जनाएको छ ।  हात्तीलाई आफ्नो बाटो निर्बाध हिँड्न दिनु पर्ने र जिस्क्याएर आतंकित बनाउन नहुने कार्कीले बताए ।

    जंगली हात्ती वर्षमा एकदेखि दुईपटक एक निकुञ्जबाट अर्को निकुञ्जमा बसाई सर्ने र उनिहरुले बसाइँ सर्दा पुस्तौंदेखि प्रयोग गर्दै आएको आफ्नै बाटो (रुट) प्रयोग गर्ने भएका कारण हात्ती दुधौलीमा देखा परेका उनको भनाइ छ ।

    स्थानीयका अनुसार अहिले पनि दुई हात्ती कालापानी नजिकैको झुँगार अर्को एउटा हात्ती कालापानी जंगलमा घुमिरहेको छ । धुनी बालेर रातभर बस्दासमेत हात्ती आएर क्षति पुर्‍याएको उनिहरुको गसनासो छ । दुधौली नगरपालिकामा जंगली हात्तीको समूह प्रवेशसँगै जनजीवन त्रसित छ । सिन्धुलीको दसधौलीमा गत सातादेखी जंगली हात्ती देखा परेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend