logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • किसान पक्राउको विरोधमा सिके राउतका कार्यकर्ता, सिरहामा सवारीसाधन तोडफोड

    किसान पक्राउको विरोधमा सिके राउतका कार्यकर्ता, सिरहामा सवारीसाधन तोडफोड

    2.4K
    Shares

    सिरहा । सिराहमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर उनिहरु आन्दोलनमा उत्रिएका हुन् । 

    सिरहाको औरी गाउँपालिकामा किसानका लागि ल्याएको गहुँको बिउ वितरण नगरी राखिएपछि विवाद बढेको थियो । किसानले बिउ लगेपछि गाउँपालिकाले उजुरी गरेपछि ती किसानलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको विरोधमा विरोधमा जनमत पार्टीले आइतबार आमहड्ताल घोषणा गरेको हो । 

    बन्दकर्ता जनमत पार्टीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै गोलबजार र मिर्चैयामा आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए । 

    सवारीसाधनमाथि तोडफोड हुन थालेपछि प्रहरीले पनि बल गरेको छ । जस कारण दोहोरो झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend