logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिरहाको गोलबजार–मिर्चैया स्थित पूर्वपश्चिम राजमार्गमा  तनावग्रस्त (फोटोफिचर)

    सिरहाको गोलबजार–मिर्चैया स्थित पूर्वपश्चिम राजमार्गमा  तनावग्रस्त (फोटोफिचर)

    8.5K
    Shares

    सिरहा । आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको विभिन्न स्थानमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सवारी साधनमा तोडफोड तथा आगजानी गरेका छन् । 

    आज बिहान आमहड्तालको उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले मिर्चैया र गोलबजारमा दर्जनौं सवारी तोडफोड गरेका थिए । आमहड्तालका कारण सिरहामा यातायात, शैक्षिक संस्था, उद्योग, कलकारखाना र बजार ठप्प भएको छ । उनिहरुले ना ५ ख ५५२२ नम्बरको टिपरमा जनमतका कार्यकर्ताले आगो लगाएका हुन् । 

    सिरहाको औरही गाँउपालिकाले गहुंको बीउ लुटेको भन्दै चार जनामाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक जनालाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो । 

    किसानहरुमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, गाउपालिका अध्यक्ष सिदार्थ यादवले भ्रष्टाचार गरेकाले छानबिन गर्नुपर्ने लगायतका माग जनमत पार्टीले राखेको छ ।

    269684650_1229882817535882_1115360887497906841_n.jpg262223164_889700021720046_5004334296727210367_n.jpg264161014_1767329113475611_945906659513111763_n.jpg264150960_1334689413630334_6934379340656065556_n.jpg264937408_236201821866017_26610478925564612_n.jpg268633234_499348924715521_6813523915208957456_n.jpg267830605_638888750865496_4307286311605506812_n.jpg269691192_447337343717847_1329902433729332231_n.jpg241856731_1007135316682134_5807423976932866501_n.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend