Logo बिहिवार, माघ १३ गते २०७८
बिहिवार, माघ १३ गते २०७८
images
images

सडकमा मागेर खानेहरुलाई नागरिकता कहिले ?

सडकमा मागेर खानेहरुलाई नागरिकता कहिले ?

images
images
  • 712
    SHARES
  • सडकमा मागेर खानेहरुलाई नागरिकता कहिले ?

    -अनुसा थापा 

    images

    जुन राष्ट्रका आफ्ना बाबुआमा हुन्छन् तिनका छोराछोरी त्यहीँका नागरिक हुने गर्दछन् । जहाँ जन्मियो तेहीँकाे सरकारले नागरिकताको व्यवस्था गर्नुपर्दछ । नागरिकता हरेक नागरिकको अभिन्न अंग हो । नागरिकता बिना कसैले पनि सरकारबाट प्राप्त हुने सेवासुविधा प्राप्त गर्न सक्दैन् ।

    चुनावमा भोट हाल्नदेखि लिएर एउटा सामान्य काम गर्नसमेत नागरिकताको आवश्यकता पर्दछ । चुनावमा मतदान गर्ने दिन नजिकिँदै जाँदा नागरिकता बनाउनेको भीड हरेक जिल्ला प्रशासन कार्यालयमा बढ्दो देखिएको छ । जन्मेको मितिले १६ वर्ष पुगेपछि सरकारले  नागरिकता प्रदान गर्दछ  ।

    नागरिकता नभएकाले एउटा सिमकार्ड समेत निकाल्न पाउँदैन् । नागरिकताको महत्व यति छ कि यो भएन भने राज्यले देशका नागरिक चिन्दैन् । देशविदेश गएर रोजगार बन्नु त सपनामै सिमित हुन्छ भने उसले आफ्नै मुलुकमा समेत एउटा सामान्य निजि रोजगारी पाउदैन ।

    बाबुआमाको बिछोड हुँदा बालबच्चाले समेत नागरिकता नपाएका घटनाहरु थुप्रै छन् । बाबुआमाले बेलैमा जन्मदर्ता नगर्दिदा उनीहरुले पढ्न समेत पाउदैन् । जन्मदर्ता भएर पनि नागरिकता नभएका कारण आफ्ना पढाइ छोडेको पनि उदाहरण  धेरै छन् । 
    तर, शिक्षा मन्त्रालयको यो निर्णय नै गलत देखिन्छ । एउटा जन्मदर्ताले कसैको भविष्य दाज्न पाउदैन । नेपाली भएर जन्मिसकेपछि उसले पढ्न पाउनुपर्छ । शिक्षा मन्त्रालयले बनाएको यो व्यवस्थालाई कानुनबाटै हटाउनुपर्छ । बाबुआमाको गल्तीको भागिदार छोराछोरी किन?


    यस्ता घटनाहरु मधेशमा निकै नै छन् । मधेसमा बस्नेहरुलाई नागरिकताको विषयमा थाहा नहुँदा ज्येष्ठ नागरिकले भत्ता पाएका छैनन् । उनीहरुको छोराछोरीले नागरिकता र नातिनातिनाले पढ्न । श्रीमान् मरिसकेका एकल महिलाले नागरिकता नभएकै कारण भत्ता पाउनबाट वञ्चित भएका उदाहरण पनि निकै छन् ।

    मधेसका नागरिकहरुको नागरिकताको विषयलाई उठान गरेर मधेसी दलहरु पटकपटक सरकारमा पुग्यो । तर, उनीहरुको हालत अझै पनि त्यस्तै छ । नेपालका शीर्ष नेताहरुको कुरैकुरोको पछि पर्दा हामी नेपालीले दुःख पाएका छौं ।

    सत्तामा पुगिसकेका नेताहरु शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल, पुष्पकमल दाहाल र मधेसी दलहरु यिनीहरु सबै भारतीय दलाल हुन् । दिनभरि नेपालीको अगाडि राष्ट्र र राष्ट्रियताको कुरा उठाउछन् । रात परेपछि मोदीको अगाडि शिर निहुराएर लम्पसार पर्छन् ।

    नेपालका अधिकांश भुमि, कोशी, नदीनाला अहिले पनि भारतको कब्जामा छ । नेपाली राष्ट्रियता बोकेका यस्ता नेताहरुले नेपालीको शान किन फिर्ता गरेनन् ? साच्चै नै यिनीहरुले राष्ट्र र जनताको लागि राजनिति गरेका होलान् ? यो प्रश्नको उत्तर हरेक नेपाली नागरिकले खोज्न आवश्यक छ ।

    भारतको दलालहरु नेपालमा नभएको भए अहिले यी जग्गा जमिन, नदीनाला नेपालीको हुन्थ्यो । झुठा भाषण दिएर, नेपालीको आँखामा धुलो झोकेर यिनीहरु मोज गरेर बसेका छन् । चप्पल नलगाएका गोडाले तिरेका कर यिनीहरुले भ्रष्ट्राचार गरेका छन् । 
    यस्ता नेताहरुलाई देश निकाला गर्नैपर्छ । होइन् भने नेपाली कानुनमा लेखिए अनुसारको सजाय दिनैपर्छ । यस्तालाई भोट दिएर सत्तामा ल्याउनु हाम्रो गल्ती हुन्छ । देश बिगार्ने नेताहरुलाई भोट दिन सिडियो कार्यालयहरुमा नागरिकता बनाउनेको संख्या ह्वात्तै बढेको छ ।

    कतिपय राम्रो मुलुक जानको लागि नागरिकता बनाउन आएका छन् । तर, अधिकांश खाडीमा रोजगारीका लागि नागरिकता बनाउन आएका देेखिन्छन् । नेपालमा रोजगारीका क्षेत्रहरु खासै छैनन् । पढेकालेखेकाले आफ्नो स्तर अनुसारको जागिर पाउदैन् र त बाध्य भएर खाडी मुलुक जानु पर्दछ ।  त्यसैले पनि खाडीमा जाने नेपालीहरुको संख्या केही वर्षयता दुई गुणाले बढेको छ । सरकारी जागिरमा पनि आफ्नो मान्छे घुसाउने प्रवृत्तिले गर्दा दक्ष जनशक्ति खाडी छिर्न नागरिकता बनाउन आएको देखिन्छ । नागरिकता नभईकन सवारी चालक अनुमतिपत्र पनि पाइदैन् ।

    हरेक सदरमुकाममा दुईदेखि तिन दिन लगाएर नागरिकता बनाउन आएका थुप्रै भेटिन्छन् । तर, नागरिकता पनि भनेको बेलामा पाइदैन । छिटोछरितो काम गर्नुको सट्टा सिडियो कार्यालयका कर्मचारीहरु हल्लिएर बसेको भेटिन्छन् । यस्ता कर्मचारीहरुको कारण कतिपयको नागरिकता नपाउनै दिन आएको छ ।

    गृह मन्त्रालयलाई यस विषयमा ज्ञान त छ तर अज्ञानताको नाटक देखाइरहेको छ । गृहमन्त्रीले हरेक जिल्लाका सिडियो कार्यालयको कर्मचारीलाई नागरिकता बनाउनको लागि घरघरमा खटाइ दिनु पर्दैन् । सिडियोहरुपनि यस काममा आफै लागि पर्नुपर्छ ।

    यसो गर्दा शारीरिक रुपमा अपांग भएकाहरुले पनि नागरिकता पाउछन् । उनीहरुले पनि सरकारबाट पाउनपर्ने सेवासुविधा पाँउछन् । नेपाली नागरिक हुँ भन्ने महशुस उनीहरुले पनि गर्न पाउनुपर्छ । नागरिकता बनाउनको लागि पहिले वडा कार्यालय धाउ । बल्लतल्ल सिफारिस लिएर सिडियो कार्यालय गयो तिन दिन पर्खाइदिन्छ ।

    आफ्नो हकअधिकार पाउन त सिधासाधी, गरिब र अशिक्षित जनतालाई यति गाह्रो छ भने न्याय पाउन त झनै कति कठिनाइ होला । संविधानमा लेखिएको, सरकारले दिएको एउटा नागरिकताका लागि हामीजस्तो जनताले निकै हैरानीको सामना गर्नुपरेको छ ।

    तापनि नागरिकको दुःखलाई नियाल्न कुनै पनि अनुगमन गर्न निस्किएका छैन् । गृहमन्त्री आफै खटिदाँ मात्र जनताको हैरानी र आफ्ना कर्मचारीहरुको लापरबाही देख्न सक्छन् । कुर्सीमा बस्नको लागि मन्त्री बनेका हो र ? अनुगमनमा निस्किन लाज लाग्छ ? 
    जनताबाट चुनिएर आएको मन्त्री भएपो जनताको माया लाग्थ्यो । अरुको उचालेर कुर्सीमा राखिदिएकालाई के जनता के राष्ट्र । अदालतले बनाएको शेरबहादुर देउवाको सरकारबाट जनताले केही पनि पाएनन् । यिनीहरुले कमिशन देखे, व्यापारी देखे तर जनताको अप्ठयाराहरु देखेनन् ।

    हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई केही वर्षअघि असक्षम व्यक्तिको ट्याग दिदै राजाले प्रधानमन्त्रीको पदबाट हटाएका थिए । आफ्ना नागरिक र राष्ट्रको लागि के गर्न नसक्ने असक्षम प्रधानमन्त्रीसंग जनताले के आश गर्ने ? हरेक क्षेत्रमा ठगी मौलाउदो छ त्यही पनि देउवाका सुसारेहरु अनुगमनमा निस्किदैनन् ।

    सरकारी कार्यालयमा अनुगमन नहुदा नागरिकले छिटोछरितो सेवासुविधा पाएनन् । हजार रुपैया पनि घुस खाने सरकारी प्रवृत्ति गरिब जनतामाथि आँच बनेको छ । पैसा पायो तुरुन्तै काम हुन्छ दिन सकेन् हप्तादिनसम्म पर्खिनुपर्छ । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारीले छिटोछरितो काम गर्नुपर्ने होइन ?

    सेवा दिने नाममा सरकारी कर्मचारी बन्ने, अनि काम भने पैसावालको मात्र गर्ने । सरकारी कर्मचारीको कारण न देशमा विकास भयो न छिटोछरितो सेवाको अपेक्षा नै गर्न सकियो । राजनितिक दलहरुले आफन्त भन्दै असक्षम व्यक्तिहरुलाई सरकारी जागिरमा छिराउदा जनताहरुको सरकारी क्षेत्रबाट आश मरिसकेको छ ।

    राजनितिक दलको आडमा यस्ता नालायक कर्मचारीहरुले सम्पत्ति जोड्ने, दिनभरि हिटर ताप्नेबाहेक अरु केही काम गर्न सकेका छैनन् । राजनितिक दल र सरकारी कर्मचारीबाट देशका नागरिकहरु वाक्कदिक्क भइसकेको छन् । देशको व्यवस्था नै फेर्नपर्ने अवस्थाको सिर्जना भइसकेको छ ।

    राजनितिक दल भ्रष्ट्राचारी, सरकारी कर्मचारी दोब्बर भ्रष्ट्राचारी । यस्ताबाट केही होला, हामीले सुविधाको सास फेर्न पाइएला भनेर नसोच्दा पनि हुन्छ । नेपाली जनताले फेरि पनि संघर्ष गर्नुपर्ने दिन आएकै हो ? यी दलाल र घुसखोरीहरुलाई हटाउनको लागि फेरिपनि सडकमा उत्रिनै पर्ने हो त ?

    कि यिनीहरुको भ्रष्ट्राचारी र कामचोर प्रवृत्तिको अन्त्य गर्नुपप्यो । यिनीहरुको व्यवहारमा परिवर्तन ल्याउनुपप्यो । राजस्व मात्र तिरेर, छिटोछरितो सेवासुविधा पाउने दिन कहिले आँउछ ?  यो हरेक नेपाली नागरिकले सरकारलाई सोधेको प्रश्न हो ।

    हामी आफैपनि कुनै पार्टीको कार्यकर्ता बनेर हिडेका छौं । यिनीहरुले जे गरेपनि, जतिसुकै दबाएपनि हामी कार्यकर्ता बनेकाहरु त्यसको विरोधमा बोल्न सक्दैनौ । तर, कार्यकर्ताहरुले हामी नेपाली हौं ।  धती हाम्री आमा हो । नेपाली जनता हाम्रो जिम्मेवारी हो भनेर बिर्सेका छन् ।

    पहिला नेपाली बनौ त्यसपछि पार्टीको कार्यकर्ता । पार्टीको आवाज होइन् नेपालीको आवाज बनौ । अनि मात्र देशको सभ्य नागरिक बन्न सकिएला । संविधानले दिएको नागरिकता पाउनको लागि लडाइ गर्नपरोस् । बाटामा मागेर खानेहरुलाई खोजी खोजी नागरिकता बनाउन पहल गर्न सिकौ । अशक्त, आवाजबिहिनहरुले पनि नागरिकता पाऊन् । राजनितिक दल, उधोग व्यवसायी र सरकारी कर्मचारीले कतिवटा नागरिकता लिएका छन् त्यो पनि चेकजाँच गर्ने हो कि । 


    भक्तपुर
     

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार