logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रदेश १ को राजधानी विराटनगरमै दर्ताबिनाकाऔषधी पसल छ्यापछ्याप्ती

    प्रदेश १ को राजधानी विराटनगरमै दर्ताबिनाकाऔषधी पसल छ्यापछ्याप्ती

    7.5K
    Shares

    विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा दर्ताबिनाका औषधी पसल छ्यापछ्याप्ती रहेको पाइएको छ । औषधी व्यवस्था विभाग विराटनगरले बुधबार विराटनगरको नोबेल मेडिकल कलेज अगाडि गरेको अनुगमनको क्रममा आधा दर्जन फार्मेशी दर्ताविनाकै रहेको फेला पारेको हो ।

    औषधी व्यवस्था विभागमा दर्ता गरेपछि मात्र औषधी जस्तो सम्बेदनशिल बस्तु बिक्री वितरण गर्नुपर्ने कानूनी व्यवस्था छ । स्वास्थ्य क्षेत्रका माफियाहरूले विरामीमाथि खेलवाड गर्दै मनलाग्दी रूपमा प्रक्रिया पुरा नगरि औषधी बिक्री वितरण गर्ने गरेको अनुगमन टोलीले फेला पारेको छ । बिनादर्ता औषधी बिक्री वितरण गरेको पाइएपछि विभागले विराटनगरका आधा दर्जन फार्मेशीमा शिलबन्दीसमेत गरेको छ ।

    विराटनगर ४ नोबल अगाडि विशाल साह, जाहवेद अन्सारी र अविशेषले संचालन गरेको फार्मेशी दर्ता नभएको पाइएपछि शिलबन्दी गरिएको औषधी व्यवस्था विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए । नोबेल अगाडि रहेका अन्य आधा दर्जन फार्मेशीका संचालक भने अनुगमन टोलीलाई देखेपछि फरार भएका थिए ।

    फार्मेशी निरीक्षक खड्काले दर्ताविनै संचालनमा रहेका फार्मेशीलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रियामा लैजाने बताएका छन् । अनुगमनको क्रममा जनता सेवा, नमितम ड्रग डिस्टुबेटर र हरीहोम फार्मेशीमा व्यवसायी अनुपस्थित रहेको पाइएपछि तीनलाई पनि बन्द गरिएको छ ।

    यसअघि अनुगमनको क्रममा प्रदेश १ को तराइ र पहाडी जिल्लाको ग्रामिण क्षेत्रमा दर्ताबिनै औषधी पसलहरु संचालन हुने गरेको पाइएको थियो । पछिल्लो समय सहरी क्षेत्रमा खुलेका फार्मेशीहरु पनि दर्ता नभएको फेला परेको हो । नियमकारी निकायको चासो कम पार्ने भन्दै कमाउ धन्दामा लागेका व्यक्तिले औषधी व्यवस्था विभागमा दर्ता नगरी फार्मेशी संचालन गरेको पाइएको हो । विशेषगरि सुनसरी, मोरङ, झापा, उदयपुर, सिरहा, सप्तरीको ग्रामिण क्षेत्र र सीमावर्ती क्षेत्र नजिक खोलेको फार्मेशीहरू दर्ताविनै संचालनमा आउने गरेका छन् ।

    औषधी व्यवस्था विभागले यसअघि १७ वटा फार्मेशी अनुगमनको क्रममा सुनसरीमा मात्र चार वटा विनादर्ताका भेटिएको थियो । ती फामेर्सी पनि बन्द गराएको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।

    दर्ताविना संचालन भएका फार्मेशी शिलबन्दी गरि एक हप्ताभित्रमा विभागमा उपस्थित हुन निर्देशन दिएको अनुगमन टोलीले जनाएको छ । दर्ताविना फार्मेशीलाई कानुनी दायारामा ल्याएर प्रक्रियामा ल्याउन अभियान चलाएको विभागको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend