राजेन्द्र आचार्य/ चितवन । अंग्रेजी नयाँ वर्षसगैँ चितवनको पर्यटकीय सौराहामा पर्यटकको चहलपहल बढेको छ । अंग्रेजी नयाँ वर्षसगैँ बाह्य भन्दा आन्तरिक पर्यटकको संख्या बढेको हो ।
नयाँ वर्षमा सोचे भन्दा दोब्बर आन्तरिक पर्यटक आएको क्षेत्रिय होटल संघका महासचिव गुणराज थपलियाले बताए । नयाँवर्षको अवसरमा सौराहाका मुख्य बजार क्षेत्रमा रगीचंगी तोरणले सिंगारिएको थियो ।
आन्तरिक पर्यटकका कारण सौराहाको हात्ती तथा गैंडा चोकमा खुट्टा हाल्ने ठाँउसमेत पनि थिएन् । राप्ती नदीको किनार क्षेत्रमा पर्यटकहरुको उस्तै भीड थियो । पर्यटकहरु आफ्नै पारामा एमाएका देखिन्थे । भने ठाँउमा विविध कार्यक्रममा पर्यटकहरुले रमाएको देखिन्थ्यो ।
पर्यटकको घुइचो लागेकोपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । तर पनि सोचे अनुसार कारोबार हुन नसकेको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । पर्यटकको संख्या र चहलपहल बढको भए पनि कोरोबारको हिसाबले कम भएको बताउँदै यसलाई आफुहरुले सकारात्मक संकेतको रुपमा हेरेको उनलको भनाइ छ ।
यस्तै यहाँ पहिलो पटक रेवान सौराहाले नयाँ बर्षको अवसरमा सडकमा नै विविध सास्कृतिक झाँकी पर्यटकहरुलाई स्वागत गरेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए । घण्टाघर, चराचोक, हात्तीचोक, गैंडाचोक र राप्ती किनारबाट झाँकी निकालेको थियो। झाँकीमा स्थानीय थारू महिलाले लाठी नाच, नेवार समुदायले लाखे, मगरको सोरठी र पञ्चे बाजा प्रस्तुत गरिएको थियो।
नयाँ बर्षको अवसरमा निकुञ्ज घुम्न पनि पर्यटकहरुको घुईचो लागेको अवलोकन गरेको निकुञ्जका प्रमुख संरक्षण संरक्षण हरिभक्त घिमिरेले जानकारी दिए । कोभिडका कारण पछिल्लो दुई वर्ष सौराहा सुनसान जस्तै बनेको सौराहामा पछिल्लो समय एमाले महाधिवेशनले पर्यटन प्रसार राम्रै भूमिका खेलेका व्यवसायीहरु बताउछन् ।
यस अघि यहाँका व्यवसायीहरु भुकम्प, नाकावन्दी, नारायाणगढ मुग्लिन सडकका कारण सौराहाको पर्यटन क्षेत्र सुस्ताएको थियो ।