logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सर्लाहीमा चिसो बढेपछि एक साताका लागि विद्यालय बन्द

    सर्लाहीमा चिसो बढेपछि एक साताका लागि विद्यालय बन्द

    3.6K
    Shares

    सर्लाही ।  सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सोमबारबाट एक साताका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।अत्यधिक चिसो बढेपछि गाउँपालिकाका सम्पुर्ण विद्यालय बन्द गरिएको हो ।

    कठयाङ्ग्रिदो चिसोले विद्यार्थीहरुलाई विद्यालय आउनजान नै समस्या पर्न थालेपछि गाउँपालिकाले सोमबारदेखि पुस २६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत र मदरसाहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवनारायण कापरले जानकारी दिए  । बन्द भएका विद्यालय पुस २७ गतेबाट खुल्ने गाउँपालिकाले जनाएको छ ।

    दिनानुदिन चिसो बढ्दै गएकाले जिल्लाका अन्य पालिकाहरुले पनि विद्यालय बन्द गर्ने तयारी गरेका छन् । सर्लाहीसहित तराई क्षेत्रमा विगत चार दिनदेखि घाम नलागेका कारण अत्यधिक चिसो बढेको छ । हुस्सु लागेर शीतलहर चल्नुका साथै चिसो स्याँठ चल्दा जनजीवन कष्टकर बनिरहेको छ ।

     चिसोले मुसहर, डोम, चमार लगायत पिछडिएको  र अतिविपन्नहरु बढी प्रभावित भएका छन् । कठयाङ्ग्रिदो चिसोबाट नागरिकलाई जोगाउन सर्लाहीमा कुनै पनि स्थानीय तहले यस वर्ष आगो ताप्नका लागि दाउरा वितरण गरेका छैनन् । न्यानो कपडा र ओढ्ने–ओछयाउन नभएकाहरु रातदिन चिसोमा कठयाङ्ग्रिएरै बसिरहेका हुन्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend