logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  •  समाजसेवी ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’ लोकार्पण 

     समाजसेवी ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’ लोकार्पण 

    10.9K
    Shares

    काठमाडौं । शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सिताराम ढकाल’को लोकार्पण गरिएको छ ।

    उहाँको परिवारद्धारा स्थापित सीताराम–पदमकुमारी फाउन्डेसनको आयोजनमा शनिबार काठमाडौंमा समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा उप्रेतीले ज्येष्ठ नागरिकका लागि भत्ताको व्यवस्था गरेपनि सामाजिक सुरक्षाका लागि राम्रोसंग व्यवस्थापन पनि गर्नुपर्ने बताए । उनले सामाजिक रुपान्तरणका लागि समाजसेवी सीताराम ढकालले खेलेको भूमिकाको चर्चा पनि गरेका थिए । 

    गत वर्ष पुस ५ गते ढकालको निधन भएको थियो । ढकाल भोजपुर र काठमाडौँमा आफ्नो जीवनभर सामाजिक सेवामा सक्रिय थिए । विसं २०५६ मा काठमाडौँ आएपछि उनले विशेष गरी ज्येष्ठ नागरिकको हकहितमा योगदान गरेको छोरा (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालले बताए ।  ढकालको योगदानका बारेमा साहित्यकार विप्लव ढकाल, पुस्तकका प्रधानसम्पादक कुलप्रसाद पराजुली, फाउण्डेसनका अध्यक्ष विश्वमणि गौतमलगायतले चर्चा गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend