logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    नेप्से परिसूचक १९.४३ अंकले वृद्धि

    नेप्से परिसूचक १९.४३ अंकले वृद्धि

    3.2K
    Shares

    काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धिहुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स ३.१६ अंक,  फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१४ अंक घटेको छ ।

    आज कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी  ३ उपसमूहको परिसूचक भने घटेको छ । जसमा अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी  ५.४८ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूह ३.३१ प्रतिशत बढेको छ ।  व्यापार, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक भने  १ प्रतिशतभन्दा बढी बढेको छ । यता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१८ प्रतिशत, बैंकिङ्गको ०.८२ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.६६ प्रतिशत घटेको छ ।

    आजको कारोबारमा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मध्य भोटेकोशी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, खानीखोला र हिमालयन उर्जाको शेयर मूल्य भने ८ प्रतिशतभन्दा बढी बढेको छ ।

    आज प्रभु सेलेक्ट फण्डको इकाई मूल्य ३.१७ प्रतिशत घटेको छ । त्यसैगरी,चन्द्रागिरी हिल्स, कुमारी बैंक, नेपाल बङ्गलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंक, आरएसडिसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा २२ करोड ७७ लाख ४० हजार रुपैयाँभन्दा बढीको शेयर कोरोबार गरेर गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend