logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेप्सेमा ३० अंकको गिरावट

    नेप्सेमा ३० अंकको गिरावट

    4.3K
    Shares

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) ३०।५१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएकोमा नेप्से भने घटेर २८०३.६२ मा झरेको छ। 

    बुधबार विभिन्न कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार बुधबार कारोबार भएका मध्ये व्यापार समूह, म्यानुफ्याक्चर तथा उत्पादन समूह र इन्भेष्टमेन्ट समूहको सेयर बढेको छ।

    वाणिज्य बैंक, विकास बैंक, होटेल, हाइड्रो लगायतका अन्य समूहको कारोबारमा गिरावट आएको नेप्सेले उल्लेख गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend