logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • कैलालीमा स्मार्ट लकडाउन 

    कैलालीमा स्मार्ट लकडाउन 

    3K
    Shares

    कैलाली । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसहित कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बुधबार एक सुचना जारी गर्दै आज राति १२ बजेदेखि अनिश्चितकालका लागि लागू हुने गरि विभिन्न निर्णय गरेको हो । 

    अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनले आदेश जारी गरेको हो । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा अब २५ जनाभन्दा बढी भेला हुन पाइने छैन ।

    सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागू गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित  सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा  स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाईको व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend