logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई

    प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई

    3.8K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनुभएका प्रिन्स दाहाललाई बधाई दिएका छन् । 

    उहाँले आज सामाजिक सञ्जालमार्फत १९ वर्षीय ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरियताअनुसार दाहाल पहिलोपटक शीर्षस्थानमा उक्लिएका हुन् । उनको १० हजार ५०० अङ्क रहेको छ ।

    महासङ्घले जारी गरेको वरियताअनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेशियाका जस्टिन होह हुन् । उनको नौ हजार ५९० अङ्क रहेको छ । यस्तै मलेशियाकै फाजरिक मोहमद रजिफ छ हजार ९२५ अङ्कसहित तेस्रो स्थानमा छन् ।

    नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको वरियता सार्वजनिक गर्ने गरेको छ । दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend