logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २० औं बार्षिक साधारण सभा सम्पन्न

    नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २० औं बार्षिक साधारण सभा सम्पन्न

    8.7K
    Shares

    चितवन – नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २० औं बार्षिक साधारण सभा यस बैकका अध्यक्ष श्री राम प्रसाद रोपाखेतीको अध्यक्षतामा भब्यताका साथ सम्पन्न गरेको छ । चितवन रत्ननगर १, टाँडीमा केन्द्रिय कार्यालय रहेको बैंकले भौतिक तथा भर्चुअलको माध्यमवाट सौराहा स्थित होटल सेन्ट्रलपार्कमा पौष २९ गते सभा सम्पन्न गरेको हो । 

    संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक बर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ. व. २०७८÷०७९ को लागी लेखा परिक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरिएको छ साथै सभामा शेयरधनीहरुबाट बैक समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सफल भएकोमा संचालक समिति तथा सिङ्गो बैंक ब्यवस्थापन प्रति खुशी ब्यक्ति गर्दै थप प्रगति गर्नको लागी सुझाव सहित शुभकामना ब्यक्त गर्नु भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend