logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • योगेश भट्टराई कार्यकालको अर्को अनियमितता छानविन गर्न मन्त्री आलेले गरे समिति गठन

    योगेश भट्टराई कार्यकालको अर्को अनियमितता छानविन गर्न मन्त्री आलेले गरे समिति गठन

    8.3K
    Shares

    काठमाडौँ –  नारायणहिटी दरबारमा भएको अनियमितता सार्वजानिक भएपछी एक्सनमा उत्रिएर सर्वत्र चर्चा कमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले फेरी अर्को अनियमितताबारे छानबिन गर्न समिति गठन गरेका छन्।  

    तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईको कार्यकालमा कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा अनियमितता भएको आशंका सहित  आलेले समिति गठन गरेका हुन् ।   

    मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका  छन्  । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहेका छन् । समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको छ  ।

    ‘कोरोनाको पहिलो र दोस्रो संक्रमण लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका ६५ र हिमालय एयरलाइन्सले २ सय ३९,चार्टर्ड फ्लाइट गरेको थियो, त्यसमै अनियमितताको आशंकामा  छानबिन गर्नका लागि समिति गठन गरिएको  मन्त्रालयका एक अधिकारीले बताए ।’

    तत्कालिन अवस्थामा मै  उद्धार उडानमा अनियमितता चर्चा चलेको थियो।  उद्धार उडानका लागी मन्त्रालयले तोकेको भाडा दर भन्दा ओमान दुतावासले धेरै कम मुल्यमा बिदेशी एयरलाइन्स  सलाम एयरले चार्टर उडान गरेपछि यो बिषयमा थप चर्चामा आएको थियो।  

    उद्धारको नाममै श्रमीक नेपाली लुटन खोजेको भन्दै सरोकारवालाले तत्काल छानविनको माग गरेपनि कसैले यसको सुनुवाई गरेका थिएनन्। तर अहिले आएर मन्त्री आलेले यसमा छानविन समिति गठन गरेका छन्।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend