logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुशान्तको बायोपिक बनाउन परिवारकै अवरोध

    सुशान्तको बायोपिक बनाउन परिवारकै अवरोध

    4K
    Shares

    एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ ।

    उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर राजपुत परिवार भने उनको बायोपिकको कडा विरोधमा छन् । सुशान्तकी दिदी प्रियंकाले भाईको बायोपिकका बारेमा खुलेर अस्वीकार गरेकी छन् ।

    उनले आफ्नो इन्स्टाग्राममा भाईको तस्वीर राख्दै सुशान्तले न्याय नपाउञ्जेलसम्म उनको बायोपिक नबन्ने प्रष्ट पारेकी छन् । ‘मेरो दृढ विश्वास छ कि एसएसआरमाथि कुनै पनि फिल्म तबसम्म बन्नु हुँदैन, जबसम्म उसले न्याय पाउँदैन । यो मेरो प्रतिभाशाली कलाकार भाईसँग प्रतिवद्धता हो’, उनले लेखेकी छन् ।

    प्रियंका अगाडि लेख्छिन्, ‘दोस्रो कुरा, पर्दामा एसएसआरको सुन्दर, निर्दोष र गतिशील क्षमतालाई प्रदर्शन गर्ने क्षमता कोही पनि कलाकारमा छैन । मलाई आश्चर्य लाग्छ । तेस्रो कुरा, फिल्म उद्योगमा कोहीसँग त्यस्तो तागत छ, जसले एसएसआरको बारेमा बनाइएको अपमानजनक अनौठो कथाको सत्यतालाई चित्रण गर्न सक्छन् ?’

    प्रियंकाका अनुसार सुशान्त आफ्नो बायोपिकमा आफैं अभिनय गर्न चाहन्थे । यदि उनको बायोपिक बनेमा एआई प्रविधिको सहयोगले उनको भूमिका निर्माण गरिने प्रियंकाले बताएकी छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend