logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सलमानसँग नजिकिएकी ज्याकलिनको ठगसँग विवादित सम्बन्ध

    सलमानसँग नजिकिएकी ज्याकलिनको ठगसँग विवादित सम्बन्ध

    4.2K
    Shares

    एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा विवादमा तानिएकी छन् । उनको नाम ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग नजिककको सम्बन्ध भएको खुलासा भएको छ । सुकेशसँग सम्बन्धका कारण उनी पछिल्ला दिनहरुमा ईडि अफिसमा धाइरहेकी छन् । ज्याकलिनले सुकेशसँग महँगा उपहार लिएको पनि आरोप लागेको छ । ज्याकलिन र सुकेश सम्बन्धमा थिए । तर, उनीहरु सम्बन्धमा भएको कुरा ज्याकलिनले अस्वीकार गरेकी छन् । यद्यपि, पछिल्लो समय ज्याकलिन र सुकेशको तस्बिरले भने उनीहरुको सम्बन्ध भएको खुलाएको छ । 

    ज्याकलिन र सुकेशको सामाजिक सञ्जालमा देखिएको तस्बिरमा ज्याकलिनको घाँटीमा देखिएको चिन्हले उनीहरु नजिकको सम्बन्धमा छन् भन्ने देखिन्छ । 

    ज्याकलिनको सम्बन्धको बारेमा यसअघि पनि चर्चा भएका छन् । उनको विभिन्न व्यक्तिहरुसँग नाम जोडिदैँ आएको छ । उनको अफेयरको पहिलो नम्बरमा बहरीनका राजकुमार शेख हसन बिन राशिद अल खलीफाको नाम आउँछ । उनीहरु अफेयरको चर्चा ज्याकलिन बलिउड छिरेपछि सुरु भएको थियो तर ज्याकलिनले भने यस विषयमा कहिल्यै खुलेर बताइनन् । 

    ज्याकलिनको फिल्म निर्माता साजिद खानसँग पनि नाम जोडिएको थियो । उनीहरु सम्बन्धलाई गम्भीर रुपमा लिइरहेका छन् भन्ने चर्चा चल्यो । तर, साजिदको कारण उनीहरुको ब्रेकअप भएको बताइन्छ । 

    सलमान खानसँग थुप्रै फिल्ममा काम गरेकी ज्याकलिन सलमानको पनवेल फार्महाउसमा पनि बसिन् । उनले लकडाउनको लामो समय सलमानसँग नै बिताइन् । तर, उनीहरुको सम्बन्धको विषयमा भने कुनै जानकारी बाहिरिएको छैन ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend