logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • टम ह्याङ्सलाई ‘लाल सिंह चड्डा’ देखाउँदै आमिर

    टम ह्याङ्सलाई ‘लाल सिंह चड्डा’ देखाउँदै आमिर

    3.7K
    Shares

    एजेन्सी । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’मा आमिर प्रमुख भूमिकामा छन् ।

    ‘फरेस्ट डम्प’ सन् १९९४ मा रिलिज भएको थियो । ‘लाल सिंह चड्डा’ निकट स्रोतका अनुसार आमिरले टमका लागि अमेरिकामा फिल्मको विशेष स्क्रिनिङ राख्ने योजना बनाइरहेका छन् । यो विशेष स्क्रिनिङमा टम र आमिर सँगै बसेर फिल्म हेर्नेछन् ।

    आमिर फिल्मलाई विश्वव्यापी रुपमा प्रदर्शन गर्नुअघि टमका लागि पहिलो प्रदर्शन राख्दैछन् । आमिर आफ्नो फिल्मप्रति टमको बुझाई के छ भन्ने जान्न चाहन्छन् ।

    ‘लाल सिंह चड्डा’ करिब दुई सय दिनसम्म सुटिङ गरिएको थियो । आमिरको फिल्म ‘लगान’ पछि सर्वाधिक बढी समय लगाएर छायांकन गरिएको यो दोस्रो फिल्म हो । यो फिल्म भारतका विभिन्न सय बढी स्थानमा छायांकन गरिएको छ ।

    आमिर, करीना कपूर खान र अन्य बलिउड स्टारको अभिनय रहेको फिल्म आमिर खान प्रोडक्शन्स, वायकम १८ स्टूडियोज र पेरामाउण्ट पिक्चरले निर्माण गरेको हो । फिल्म आगामी वर्ष रिलिज हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend