logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • पुष्प प्रधानको  ‘‘आज म नै एक्लो भए’’ म्यूजिक भिडियो सार्वजनिक

    पुष्प प्रधानको  ‘‘आज म नै एक्लो भए’’ म्यूजिक भिडियो सार्वजनिक

    4.9K
    Shares

    चितवन । नारायणगडका कलाकार पुष्प प्रधानले  ‘ आज म नै एक्लो भए ’ गित बजारमा ल्याएका ल्याएका छन् ।  प्रधानकै शब्द , संगितमा चर्चित गायक सुगम पोखरेलको स्वर रहेको उक्त गित सार्बजनिक गरेका हुन् । 

    कलाकार प्रधानले अधिकांशको जीवनको भोगाईलाई गित बनाएका हुन् । वर्षौसम्म नछुटिने वाचा गरेका प्रेमी र प्रेमिकाको सपना हुन्छ । क्षणिक सपनाले क्षणभरमै पानीको फोका जस्तै फुट्छ । टुटेको प्रेमको पिडालाइ झल्काउने कलाकार पुष्पलाल प्रधानले गित बनाएका छन् । 

    प्रेमिकाको स्वार्थीपनले विछोडिएको प्रेमलाई प्रधानले गितमा उतारेका हुन् । किशोरावस्थामा अधिकांशले भोगेको भावलाई उनले गित बनाएका हुन् । गितमार्फत उनले एक्लोलोपनको पिडा पोखेका छन् । प्रधानकै शब्द , संगितमा चर्चित गायक सुगम पोखरेलको स्वर रहेको छ । प्रधानले ‘ आज म नै एक्लो भए ’ गित बजारमा ल्याएका हुन् । कोरोनाको जोखिममा गरिरएको लकडाउनमा उनले गित बनाएका थिए । ‘ धेरैके जीवनमा भएको घटनामा अधारित गित हो ’ उनले भने ‘ बैंशमा हुने प्रेमको वाचा कसम र अधुरो प्रेमलाई सम्झाउने खालको गित बनेको छ । ’

    गगनलाल प्रधानले निर्देशन गरेको भिडियोमा नायक आकाश श्रेष्ठ संगै करुणा श्रेष्ठले अभिनय गरेको  गितको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ ।  ६६ वर्षिय प्रधान कलाकार समेत हुन् । उनले करिब आधा दर्जन चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले ‘ लाठी चार्ज ’ गितमा पनि अभिनय गरेका छन् । उनको गितको आइतवार एक समारोहका विच नारायणगढमा सार्वजनिक गरिएको छ । रिवल क्रियशनका प्रबन्ध निर्देशक गगनलाल प्रधानले विमोचन गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend