logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • खोप लगाउन ४ दिन विद्यालय खोल्ने निर्णय

    खोप लगाउन ४ दिन विद्यालय खोल्ने निर्णय

    6.2K
    Shares

    काठमाडौं । सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खुलाउने निर्णय गरेको हो । 

    माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोलेर विद्यार्थीलाई कोभिड खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ, सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’ गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले भने । यसअघि सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

    बैठकमा गृह सचिव टेकनारायण पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललगायत उपस्थित थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend