logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानमन्त्री ज्युः कि पद त्याग्नुस्, कि लकडाउन गरेर नेपाली जनता बचाउनतिर लाग्नुस् 

    प्रधानमन्त्री ज्युः कि पद त्याग्नुस्, कि लकडाउन गरेर नेपाली जनता बचाउनतिर लाग्नुस् 

    3.3K
    Shares

    अनुसा थापा भक्तपुर । अहिले मुलुकभर जताततै भएका नेपाली जनताको मन एउटै कुराले पिरोलिरहेको छ । बढ्दो कोरोना संक्रमणले सबैलाई चिन्तित बनाएको छ । हरेक सर्वसाधारणको प्रश्न एउटै छः यत्रो कोरोना फैलिदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले केलाई लकडाउन गरेको होला ? सर्वसाधारणलाई तत्कालको लागि विकास होइन् आफ्नो ज्यान जोगाउन घोषणाा मात्र चाहिएको छ । 

    वालवालिकादेखि बुढासम्म लकडाउन गरेर कोरोनाबाट सरकारले बचाइदियोस् भन्ने माग राखिरहेको छ । हरेक नेपाली नागरिकको बाँच्ने अधिकारको सुरक्षा गर सरकार भन्दै उनीहरुले माग गरिरहेका छन् । सर्वसाधारणलाई कोरोनाका कारण मृत्युको मुखमा नपुप्याइदेऊ भनेर उनीहरुद्धारा सरकार गुहारिएको छ । 

    कोरोनाबाट बचौ भने कर र विकासको विस्तार हुन्छ भन्ने भनाइ उनीहरुको छ । बाँकी नै छैन् भने धनसम्पत्ति, विकास किन चाहियो ? एउटा व्यक्ति मप्यो भने राज्यलाई कति घाटा लाग्छ ? यसको यकिन सरकारले गरेको छैन् । सर्वप्रथम नेपाली जनता सरकारको पहिलो प्राथमिकता हो । यसलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले आगामी २४ घण्टाभित्र मन्त्रिपरिषद्को बैठक बोलाएर लकडाउनबारे सोच्नेछन् भनेर नेपाली जनताहरुले आशा गरिरहेका छन् । कि त काम गर्न नसक्ने प्रधानमन्त्रीले २४ घण्टाभित्र प्रधानमन्त्रीले पद त्याग गर्नुपप्यो । कोरोना लागेर नेपाली जनता अस्पतालको बेडमा छट्पटाइरहेका छन् । 

    यस्तो अवस्था आइसक्दा पनि प्रधानमन्त्रीले किन कुनै निर्णय गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री आफ्नो जिम्मेवारीबाट भागेर, पदको दुरुपयोग गरेर, निर्णय गर्ने क्षमता नभएर, जिल्लाको सिडियोलाई जिम्मेवारी दिएर पन्छिएका छन् । एउटा कर्मचारीको काँधमा सबै जिम्मेवार सुम्पिएर यसरी भाग्न पाइन्छ ? दिन कटानी र माना पचानीको सिडियोले के गर्न सकलान् भन्ने सोचेर प्रधानमन्त्रीले सबै जिम्मेवारी यिनीहरुमा सुम्पिए ? सिडियोले घुस र तलबभत्ताबाहेक केही मतलब छैन् । तर,  हरेक नेपाली जनताको अभिभावक प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । उनीलाई नेपाली नागरिकको माया होला भन्ने अपेक्षा हामीमा छ । 

    तर, सो अपेक्षामा खडा भएर उनले काम गर्न नसकेको प्रष्ट देखिन्छ । यदि यो सरकारले लकडाउन गरेर जनतालाई कोरोना लाग्नबाट बचाउन नसक्ने हो भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । यो सरकारले नागरिकको बाँच्ने अधिकार सुरक्षित गर्न सक्दैन भने विपक्ष के हेरेर बसेको छ ? के शेरबहादुर देउवाको सरकार असफल भइसकेको हो ? देउवाको कारण कांग्रेस पार्टी असफल बनेको छ । प्रधानमन्त्री स्वास्थ्यमन्त्री र अर्थमन्त्रीको पछाडि लाग्दा हजारौ नागरिकको मर्नुपर्ने दिनको सिर्जना भएको छ । कांग्रेसको महामन्त्री गोगन थापाले कोरोना लाग्नबाट जनता बचाउनुपर्छ भनेको कतै पनि सुन्नमा आएको छैन् । 

    महामन्त्री पदमा आउन लागेको चुनाव खर्च उठाउन र आगामी चुनावको खर्च जुटाउनमा दौडधुप गर्नमै उनी व्यस्त छन् । विपक्ष पाटीका एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता बचाउन लकडाउन आवश्यक छ भनेर बोलेको कही सुनिदैन् । चुनाव आँउछ भारतको विरोध गर्ने, नेपालीलाई झुठो आश्वासन दिलाउने यो बाहेक ओलीसंग क्षमता केही पनि छैन् । दैनिक यत्रो कोरोना संक्रमित भेट्दा पनि कुनै राजनितिक पार्टीले लकाउन बारे बोलेको कहीकतै सुनिदैन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका माधव नेपाल, नयाँ शक्तिको बाबुराम भट्टराई खोइ कहाँ छन् ? कोरोनाको तेस्रो लहर सुरु भएदेखि देखिनै छाडे । कतै भारत त छिरेनन् ? 

    त्यही जनताको नाम लिएर चुनाव जित्ने, खोक्रो भाषण दिएर नेपाली जनतालाई मत खसाल्न बाध्य पाने अनि अहिलेचाहि मौन बस्ने ? खोक्रो भाषणले जनता बचाउन सक्दो रहेछ ? हिजो त्यही जनताले तिरेको करबाट सेवासुविधा लिए, तलबभत्ता खाए । आज यिनीहरुकै कारण ऊ मर्दा पनि यिनीहरुलाई अफसोस् छैन् । सीसीएमसीसीको बैठकले पनि कोरोनाको जोखिम अनुसारको निर्णय गर्न नसकेको नेपालीहरुको आरोप छ । कतै सीसीएमसीसी पनि व्यापारी पट्टी ढल्किएको त होइन् भन्ने प्रश्न नेपालीको मनमा उब्जिएको छ । परिस्थिति अनुकुल निष्कर्ष निकाल्न नसक्ने सीसीएमसीसीलाई खारेज गर्नुपर्छ । 

    कोरोना लागेर झण्र्डै १२ हजार सर्वसाधारण मरिसकेका छन् । तापनि, उनीहरु कोही होइनन् भन्दै राजनितिक दल, सीसीएमसीसी र नेपाल सरकार आनन्दले बसिरहेको छ । यत्रो मानिस कोरोना लागेर मर्दा पनि राजाले चासो गरेनन् । मुखमा बुझो लगाएर राजा भुमिगत छिरेका छन् । कोरोनाको बारेमा बोल्ने आँट कसैंग पनि छैन् ? यत्रो नेपाली मारेर पनि यिनीहरुको मनलाई शान्ति पुगेको छैन् ? के यिनीहरुले नेपालीलाई कुखुराको चल्ला सोचेका छन् ? कोरोना बढिरहेको छ देशका शीर्ष नेताहरु भीडभाडको हिस्सा बनिरहेका छन् । मन्त्रीदेखि लिएर राष्ट्पति कार्यक्रमको उदघाटन गर्दै हिडिरहेका छन् । जनता बचाउनु कहाँ हो कहाँ उल्टै कोरोना फैलाउन यिनीहरुलाई लाज लाग्दैन् । 

    आफै नियम बनाउने अनि आफैले फुलमाला लगाउने ? यो त भएन् नि । सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ । तर, यिनीहरु हजारौलाई भेला गर्दै, अतिथि बन्दै, भाषण ठोक्दै हिडेका छन् । निर्देशन दिएर घट्छ भीड, हट्छ कोरोना भन्ने सोचेको सरकारले अनुगमन गर्नुपर्दैन् । महाधिवेशन गर्ने नाममा पनि कोरोना फैलाउने काम राजनितिक दलबाट भयो । सर्वसाधारणहरु निराश भइसक्दा पनि कुनै नेताले सरकारले लकडाउन गर्नुपर्छ भनेर किन सरकार घच्घचाउदैनन् ? सबैको मुखमा ताला लागेको छ ? ठुल्ठुला भाषण दिने बेला त मुख खुलेको हुन्छ । 
    राजनितिक दलहरुलाई जनताभन्दा पनि उधोग व्यवसायी र व्यापारीहरु प्यारा छन् । व्यापारीहरुले चन्दा दिएनन् भने यिनीहरुले अफिस भाँडासमेत तिर्न सक्दैनन् । बिहानबेलुका खान पनि यिनीहरुलाई धौ धौ छ । हामी नेपाली जनताले आफ्नो हात खियाएर भएपनि दुई छाक खान त पाएका छौ । 

    यिनीहरुको दुई छाक आफ्नो दममा खाने हैसियतसमेत छैन् । व्यापारीको इसारामा चलेको नेताहरु भएको देशमा जनताले सुःखको सास फेर्न पाऊलान भनेर नसोच्दा पनि हुन्छ । राजनितिक दलकै लगानी व्यापारिक क्षेत्रमा छ । अनि यिनीहरुले लकडाउन गरेर जनता बचाउन दिन्छन् ? आफ्नो लगानी डुब्छ भनेर कोरोना फैलाएर जनता मार्न पाइन्छ ? जनता बचाउने नै हो भनेर सरकारले तत्कालै लकडाउनको घोषणा गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङको आधा कोरोना संक्रमित उपत्यकामा मात्र भेटिन्छन् । उपत्यकाका तिन जिल्लाको मेयरहरु अझै के हेरेर बसेका छन् ? 
    भक्तपुर, ललितपुर र काठ्माडौंका मेयर खोइ कता छन् ? अस्पतालको बेडमा छट्पटिरहेको आफ्नो जिल्लावासीलाई यिनीहरुले किन देखेनन् ? हिजो यिनीहरुकै मतबाट मेयर बनेको होइन् ? उपत्यकावासीलाई बचाउनको लागि साँगा र थानकोटमा पर्खाल लगाउनुपर्छ भनेर यिनीहरु किन बोल्दैनन् ? 

    लकडाउन आवश्यक छ भन्ने देख्दादेख्दै पनि यिनीहरु किन मौन छन् ? स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गरेको शुल्क घटाएपनि यो मिनाहा गर्न किन कसैले आवाज उठाएको छैनन् । यिनीहरुको ढिलासुस्तीको कारण कोरोना संक्रमित हामी बनिदिनुपर्ने । अनि अस्पतालको खर्च कसले तिरिदिने ? अस्पताललाई धनी बनाउनको लागि हामीलाई कोरोना संक्रमित बनाउन खोजेको सरकार ? पैसा नहुनेले घरमै छटपटाइरहनुपर्ने सरकार ? आठ सय रुपैया तिर्न नसक्नेले कोरोना परीक्षण गर्न नपाउने सरकार ? आफु लकडाउन पनि नगर्ने अनि अस्पतालको चार्जचाहि पुरै तिर्नुपर्ने ? 
    कोरोनाको परीक्षण शुल्क तिर्नुपर्छ भनेर कोही परीाण नै गर्न जादैन् । बरु घरमै बस्छन्, टोलछिमेकलाई सार्छन् । उपत्यकामा तिन जिल्लाको सिडियोहरुले उपत्यकावासी बचाउनतर्फ आवश्यक कदम चाल्न ढिलासुस्ती भएको छ । ७७ वर्ट जिल्लाका सर्वसाधारण बस्ने उपत्यकामा कोरोनाको उच्च जोखिम छ । 

    अरु जिल्लाबाट आएकालाई दुईदिनको समय दिएर लकडाउन गर्न ढिलो भइसकेको छ । व्यापारीको अगाडि लम्पसार गर्ने काम नगरौ उपत्यका प्रमुखहरु । लकडाउन गर्दा व्यापारीलाई घाटा हुन्छ भनेर सिडियोहरुले लकडाउन गरेनन् । नाम मात्रको स्मार्ट लकडाउन जारी गरे तर अनुगमन गरेनन् ।

    उपत्यकाको भीडभाड कम गर्न यिनीहरु असफल छन् । सात बजेपछि सम्पुर्ण व्यवसायी बन्द गर्दा पनि धेरै भीडभाड नियन्त्रण हुन्थ्यो । यति पनि गर्न नसक्ने सिडियोको के काम ? उपत्यकामा सक्षम सिडियो नहुँदा यसको मार सर्वसाधारणलाई परेको छ । कि त जनता बचाउनुपप्यो कि सिडियोहरुले पद त्याग गर्नुपप्यो । यो जिम्मेवारी सिडियोलाई नै दिइएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend