logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • आज आइतबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?

    आज आइतबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?

    5.5K
    Shares

    मेष–आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आफन्तको सहयोग मिल्नेछ । कुनै कुराले मनमा पनि छाउनेछ ।

    वृष–आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने मौका समेत मिल्नेछ ।

    मिथुन–अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

    कर्कट–आज धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिन सफल भइनेछ ।

    सिंह–आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आकस्मिक धन लाभ हुनेछ, तर टाढाको यात्रा फलदायी हुँदैन ।

    कन्या–आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

    तुला–आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

    वृश्चिक–रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

    धनु–आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

    मकर–शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

    कुम्भ–आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

    मिन–आज पारिवारिक समस्या आइपर्ला । आफैले गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend