logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • म्यानचेस्टर सिटी रोकियो, युनाइटेडको जित

    म्यानचेस्टर सिटी रोकियो, युनाइटेडको जित

    2.4K
    Shares

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी रोकिँदा म्यानचेस्टर युनाइटेडले  रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको भ्रमणकारी टोली सिटी साउथह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको हो । 

    खेलको सातौँ मिनेटमा केली वाल्करको गोलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता बनायो । ६५औँ मिनेतमा अमेरिक लोपार्टको गोलमा सिटी खेलमा फर्कियो । 

    बराबरी नतिजासँगै सिटी २३ खेलमा ५७ अंकसहित शीर्ष स्थानमा यथावत छ । २२ खेलबाट २५ अंकसहित साउथह्याम्पटन १२औँ स्थानमा छ । 

    अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामविरुद्व १-० को जित निकालेको छ । घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकिएपनि इन्जुरी समयमा मार्कुस रासफोर्डको निर्णायक गोलमा महत्त्वपूर्ण तीन अंक जोडेको हो । 

    युनाइटेडले २२ खेलबाट  ३८ अंक बनाउँदै  तालिकाको शीर्ष चारमा उक्लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend