logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • कर्मचारीमा कोरोना सङ्क्रमण हुँदा पालिकाको सेवा प्रभावित

    कर्मचारीमा कोरोना सङ्क्रमण हुँदा पालिकाको सेवा प्रभावित

    2.2K
    Shares

    डोटी । बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको  स्वास्थ शाखाले जनाएको छ ।

    पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ ।  स्वदेश फर्किएकाहरूलाइ अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ । जिल्लामा हाल नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend