logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • पीएसजीमा रामोसको डेब्यु गोल

    पीएसजीमा रामोसको डेब्यु गोल

    2.4K
    Shares

    काठमाडौं । डिफेण्डर सर्जियो रामोसले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० मा पहिलो गोल गरेका छन् ।  आइतबार राति घरेलु मैदानमा भएको खेलमा रेइम्सबिरुद्द ४–० को जित निकाल्ने क्रममा रामोसले गोल गरेका हुन् । 

    पीएसजीको जितमा  मार्को भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले १–१ गोल गर्दा रेइम्सले एक आत्माघाती गोल गर्‍यो ।

    स्पेनिस डिफेन्डर यसै सिजन रियम मड्रिड छाडेर पीएसजी आएका हुन् । सुरुआती खेलमा इन्जुरीका कारण बाहिर रहेका उनले नयाँ क्लबमा पहिलो गोल गरेका हुन् । 

    जितपछि पीएसजीले २२ खेलबाट ५३ अंक सहित शीर्षस्थानमा ११ अंकको पकड जमाएको छ । रेइम्स भने समान खेलबाट २४ अंक सहित १४ औं स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend