logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • अफ्रिका कप अफ नेसन्सः क्यामरुन क्वाटरफाइनलमा, भागदौडमा ६ जनाको मृत्यु

    अफ्रिका कप अफ नेसन्सः क्यामरुन क्वाटरफाइनलमा, भागदौडमा ६ जनाको मृत्यु

    3.7K
    Shares

    काठमाडौं । गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  क्यामरुनको राजधानी सहर याओन्डेलको ओलेम्बी रंगशालामा सोमबार राति भएको खेलमा घरेलु टोलीले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो ।

    जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । 

    गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए । अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् । 

    त्यस्तै, रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् ।  अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि रंगशालाको प्रवेशद्वारमा सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend