logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

    ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

    2.8K
    Shares

    ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको हो । 

    जिल्लाको नौ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७.२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए ।

     गत वर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएका खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend