logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सुदूरपश्चिममा चार जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

    सुदूरपश्चिममा चार जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

    2.8K
    Shares

    धनगडी । सुदूरपश्चिममा चार जना संक्रमितमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण देखिएका १ सय ४६ स्वाब नमूना काठमाडौंमा परीक्षण गर्दा भारतबाट फर्केका चार जनामा सो भेरियन्ट देखा परेको हो ।

    तीमध्ये कञ्चनपुरका २ जना, बझाङ र डोटीका एक एक जना रहेका छन् ।

    निमित्त प्रदेश स्वास्थ्य निर्देशक जगदिश जोशीले प्रदेशमा संक्रमित देखिएकामध्ये धेरैमा ओमिक्रोन हुनसक्ने अनुमान गरिएको बताए । यसअघि यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भने भएको थिएन । सुदूरपश्चिममा कोरोनाको भेरियन्ट पत्ता लगाउने प्रयोगशाला छैन । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend