logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि प्रतिबन्धः बाइडेन

    रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि प्रतिबन्धः बाइडेन

    3.6K
    Shares

    एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन् । 

    रसियाले युक्रेनमा अतिक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको भनाई सार्वजनिक भएको हो । 

    उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ । त्यस्तै, युक्रेनामथि अतिक्रमण गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाई छ । तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरु खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।
     
    अमेरिकाले पुटिनलाई व्यक्नितग रुपमा प्रतिबन्ध लगाउछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा  बाइडेनले भने, ‘ हो, यसबारे मैलै सोचिरहेको छ ।’

    युक्रेनको सीमामा रुसी कदमको अर्थ विश्वव्यापी रुपमा डरलाग्दो परिणाम हुने बाइडेनको भनाई थियो । पूर्वी युरोपमा नेटो फौजको उपस्थिति तीव्र पार्न आफू बाध्य हुने पनि बाइडेनले बताए ।
     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend