logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

    अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

    3.3K
    Shares

    पर्सा । पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ । 

    गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सोही ठाउँका ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधनप्रसाद यादव, ३० वर्षीय मनोमोहनप्रसाद यादव र २५ वर्षीय रोहणप्रसाद यादव छन् । पक्राउ परेकामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दातर्फ अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

    मन्टुको परिवारबाट उनीहरुविरुद्ध दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थालेको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–६ भीष्वास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । अभियुक्तले पारिवारिक रिसइबीका कारण मन्टुको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । 

    अभियुक्त र पीडित परिवारबीच चलिरहेको फौजदारी मुद्दामा बयान परिवर्तन गर्न दबाब दिने उद्देश्यले बालकलाई अपरहण गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको खनालले बताए ।  स्थानीयवासीका अनुसार दुवै परिवारबीच विचाराधीन अवस्थामा रहेको फौजदारी मुद्दामा मन्टुको परिवारमाथि दबाब बढाउन उनीहरुले मन्टुलाई अपरहण गरेका थिए । पछि पहिचान खुल्ने डरले मन्टुको हत्या गरेर खेतमा शव फालेका थिए । अभियुक्तमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद थप गरिएको छ । मन्टुको शव पुस २३ गते गाउँकै उखुबारीमा फेला परेको थियो । 

    बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

    पर्साबाट प्रहरीले १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२३ सबैठवाका २० वर्षीय मुन्नाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    बालिकालाई डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगी पटक–पटक जबर्जस्ती करणी गर्दै आएको यादवमाथि आरोप छ । यादवलाई घरबाटै नियन्त्रणमा लिई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालर्यले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend