logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु

    मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु

    2.6K
    Shares

    धनुषा । मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान  भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।

    मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।  योसँगै मधेस प्रदेशमा दुई सिटका लागि ४ जनाले उम्मेदवार चुनावी मैदानमा छन् । 

    सत्तारुढ गठबन्धनले दुवै सिटमा साझा उम्मेदवार खडा गरेको छ भने नेकपा एमाले र प्रदेशको प्रमुख प्रतिपक्ष लोसपा नेपाल गठबन्धन बनाएर एक–एक सिटमा उम्मेदवारी दिएका छन् ।

    सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रबाट उर्मिला अर्याल, जसपाबाट मोहम्मद खालिद सिद्दिकीसँग एमाले–लोसपा गठबन्धनका रूपा यादव र उस्मान अन्सारीको प्रतिस्पर्धा छ । मधेस प्रदेशमा मतभारको आधारमा काँग्रेस–माओवादी–जसपा–एकीकृत समाजवादी गठबन्धनबाट उम्मेदवारले सहजरुपमा जित हासिल पार्ने आँकलन गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend