logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोनानाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

    कोरोनानाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

    4.1K
    Shares

    जाजरकोट । कोभिड–१९ सङ्क्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरेको हो ।

    कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त रु १७ लाखबाट मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । कोभिड–१९ का समयमा परिवारका सदस्य गुमाएर पीडामा परेका परिवारलाई उक्त रकमले केही राहत मिल्ने प्रजिअ देवकोटको भनाइ छ ।

    कोभिड–१९ बाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण कार्यविधि, २०७८ को अनुसूची १, २ र ३ मा उल्लेख भएबमोजिम सरकारले मान्यता दिएको ल्याबले प्रमाणित गरेको, कोभिड–१९ सङ्क्रमित भएको पिसीआर रिपोर्ट र एन्टिजेन रिपोर्ट सक्कल प्रति दुईमध्ये कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराएको छ ।

    कोरोना सङ्क्रमणबाट छेडागाड–६ का रत्नप्रसाद शर्मा, नलगाड–११ का भीमबहादुर मल्ल, नलगाड–७ का वीरबहादुर सिंह, नलगाड–५ की गङ्गादेवी शाही, नलगाड–४ का गणेशबहादुर रावल, नलगाड–३ का पठवीर थापा, भेरी–३ की कृष्णा शाह, भेरी–१० का तुलवीर राना, भेरी–४ की लीला नेपाली, भेरी–६ की सरीदेवी खड्का, शिवालय–६ का हरिभक्त रोकायलगायत १७ जनाको ज्यान गएको थियो । कोरोना सङ्क्रमणले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केही राहत मिलेको बुवा गुमाएका नलगाड–४ का सुधन रावलले बताए ।

    कोरोना सङ्क्रमणबाट मृत्यु भएका १७ मध्ये १४ जनाले रकम बुझिसकेको र तीन जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend