logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा दुई लाख ८५ हजार जना कोरोना संक्रमित थपिए 

    भारतमा दुई लाख ८५ हजार जना कोरोना संक्रमित थपिए 

    2.4K
    Shares

    काठमाडौं । भारतमा बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो । 

    कुल सङ्क्रमितहरु मध्ये ९३।२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन । ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । 

    पछिल्लो समय एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या धेरै देखिएको छ । त्यसैले भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ । जवकी अघिल्लो दिन २२ लाख ३६ हजार ८४२ रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend