logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सवारी साधनको कारबाहीबाट रु डेढ करोड बढी राजस्व सङ्कलन

    सवारी साधनको कारबाहीबाट रु डेढ करोड बढी राजस्व सङ्कलन

    2.9K
    Shares

    कर्णाली । कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट रु एक करोड ७१ लाख ९७ हजार ५०० राजस्व सङ्कलन भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

    कर्णाली प्रदेशभर ट्राफिक नियम उल्लङ्घन गर्ने २० हजार ५०१ सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए ।

    त्यस्तै उक्त अवधिमा भन्सार छली गरी ल्याएको रु एक करोड ३४ हजार ५६४ बराबरको अवैध लत्ताकपडा, सुर्तीजन्य पदार्थ र खाद्यान्न बरामद गरिएको र सो कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व कार्यालय बाँकेमा पठाइएको प्रवक्ता खड्काले बताए । उनका अनुसार उक्त अवधिमा यो प्रदेशमा २०३ सवारी दुर्घटना हुँदा ११८ जनाको ज्यान गएको छ भने ५१५ घाइते भएका थिए ।   


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend