logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • मन्त्री झाँक्रीले दिईन् आफ्नो तलबको आधा रकम मृतक विश्वकर्माकी श्रीमतीलाई

    मन्त्री झाँक्रीले दिईन् आफ्नो तलबको आधा रकम मृतक विश्वकर्माकी श्रीमतीलाई

    4.8K
    Shares

    काठमाडौं । टिभी टुडेमा कार्यरत क्रियाशिल पत्रकार लाल बहादुर विश्वकर्माको गत बिहीवार विहान भएको असमायिक निधनप्रति शहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीको विशेष ध्यानाकर्षण भएको छ । अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशिल पत्रकारिता गरिरहेका लालबहादुर विकले थोरै पैसाको अभावमै ज्यान गुमाए भन्दा मन्त्री झाँक्री मात्रै होईन सचिवालयको पुरै टिम स्तब्ध बनेको छ ।

    सोही दुखद घडीलाई मध्यनजर गर्दै माननीय मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम मृतक विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिएकी छन् । 

    अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भईरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड छ । उनले मृतकप्रति श्रद्धाञ्जली सहित परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेकी छिन् ।

                                


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend