logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • इजिप्ट र गिनी क्वाटरफाइनलमा

    इजिप्ट र गिनी क्वाटरफाइनलमा

    3.3K
    Shares

    काठमाडौं । इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

    इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

    अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति नै ​मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोराेक्को अन्तिम आठमा पुगिसकेको छ ।

    मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेकाे छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।

    पेनाल्टी समेत ३-३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनीले बाजी मारेकाे हाे ।  अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend