logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

    कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

    4.3K
    Shares

    जाजरकोट । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए ।

    केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना सङ्क्रमण हुनसक्ने भएकाले माघ १२ गतेदेखि अर्को सूचना नआउञ्जेलसम्म सेवा प्रवाह बन्द गरिएको उनको भनाइ थियो । यस्तै एनआइसी एशिया बैंकका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि त्यहाँको सेवा प्रवाहमा समस्या भएको एक कर्मचारीले जानकारी दिए ।

    उनले अरु कर्मचारीमा समेत ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएको तर परीक्षण भने नभएको बताए । भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित अन्य कर्मचारीलाई पनि कोरोना भएको बताइएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend