logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रुपमा स्वीकार गर्दैन: भानुभक्त ढकाल

    अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रुपमा स्वीकार गर्दैन: भानुभक्त ढकाल

    7.9K
    Shares
    अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रुपमा स्वीकार गर्दैन: भानुभक्त ढकाल

    काठमाडौं । नेकपा(एमाले) का सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रुपमा स्वीकार नगर्ने बताएका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताएका हुन् ।

    उनले अर्थमन्त्रीले विचौलियाको चंगुलमा परेर करको दर परिवर्तन गरी राष्ट्रघात गर्नुभएको बताए । एमालेले अर्थमन्त्रीको राजीनामा मागिरहँदा पनि कार्यसूचीमा अर्थमन्त्रीलाई हालेकोप्रति एमालेको असहमती र बिरोध रहेको उनले बताए ।

    उनले भने – ‘अर्थमन्त्री विचौलियाको चंगुलमा परेर करका दरहरु परिवर्तन गरेको र राष्ट्रघात गरेकोले राजीनामा दिनुपर्छ भन्ने हाम्रो दलको अडान रहेको व्यहोरा विगतदेखि उठाउँदै आएका छौँ । त्यो विषयलाई बेवास्ता गरेर आजको कार्यसूचीमा पनि फेरि त्यही विषय ल्याइएको हुनाले यो प्रति गम्भीर असहमती र विरोध रहेको । कतै यो विचौलियाहरुको सञ्जाल अर्थमन्त्री मात्रै नभएर अर्थमन्त्री भन्दामाथि पनि जराले घर गरेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौँ । जेठ १४ गते बेलुकी ७ बजेदेखि जेठ १५ गते बिहान ८ बजेसम्मको सिसिटीभि फुटेज हेरेर अपराधीहरुलाई कानूनको कठघरमा आउनका निम्ति संसदीय छानबिन समिति माग गरेको छौँ । एमाले संसदीय दलको तर्फबाट अहिलेका वर्तमान अर्थमन्त्रीलाई अर्थमन्त्रीको रुपमा स्वीकार गरेर न यो संसद न सरकार न वाह्य गतिविधिमा पनि दलको समर्थन नहुने व्यहोरा जानकारी गराउन चाहान्छु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend