logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • कालीकोटका नौवटै स्थानीय तहमा नमूना मतदान

    कालीकोटका नौवटै स्थानीय तहमा नमूना मतदान

    6.7K
    Shares
    कालीकोटका नौवटै स्थानीय तहमा नमूना मतदान

    मान्म । कालीकोट जिल्लामा नौवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमूना मतदान कार्यक्रम आयोजना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम सञ्चालन भएको हो ।

    जिल्लाका नौवटै स्थानीय तहमा मतदाताहरूलाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि जिल्ला निर्वाचन कार्यालय कालीकोटले नमूना मतदान कार्यक्रम आयोजना गरेकोे जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताए । “जिल्लाका सबै वडाहरूमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ”, उनले भने, “नमूना मतदानले मतदाता शिक्षा तथा बदर मत घटाउन सहयोग गर्छ ।”

    मतदाताले मतदान गर्न जाँदा मतपेटिका तथा अन्य गतिविधिबारे सहज ढङ्गले पूर्वजानकारी दिनका लागि नमूना मतदानको कार्यक्रम सञ्चालन गरिएको सूचना अधिकारी मल्लले बताउनुभयो । कालीकोट जिल्लामा ८० हजार सात सय ३३ मतदाता छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend