logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • गैँडा मर्न थालेपछि उच्च सतर्कता

    गैँडा मर्न थालेपछि उच्च सतर्कता

    5.1K
    Shares
    गैँडा मर्न थालेपछि उच्च सतर्कता

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो ।

    निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा मरेका थिएनन् । शिकारीले गैँडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

    उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्र्तगत रहेका चोरी शिकारी नियन्त्रण इकाइलाई प्रभावकारी रुपले चलायमान बनाउन सुरु गरिएको छ ।

    उनले भने, “चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाइलाई सक्रिय बनाइएको छ ।” निकुञ्जमा गैँडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको छ । गैँडा संरक्षणसँग आवद्ध सरोकारवाला निकायबीच छलफल गरी सचेतना तीव्र बनाउदै सूचना संयन्त्र थप प्रभावकारी बनाउन गृहकार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

    गैँडाको बाक्लो बासस्थान रहेको क्षेत्रमा नियमित गस्ती बढाइएको र सो क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जले जनाएको छ ।

    चालु आर्थिक वर्षमा निकुञ्जमा ११ गैँडा मरेका छन् । जसमध्ये ८ गैँडा कालगतिले मरेका हुन भने दुईवटा चोरी शिकारीले मारेका छन् । एउटा गैँडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिए ।

    गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले वन र वन्यजन्तुसम्बन्धी सुरक्षामा विशेष काम सुरु गरेको छ । निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ पोष्ट छन् । ती पोष्टमध्ये कतिपयमा हात्तीसमेत छन् ।

    निकुञ्जमा दैनिक पैदल, साइकल, डुङ्गा, हात्ती र गाडीबाट नियमित गस्ती गरिँदै आएको छ । तिवारीका अनुसार अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिन्छ । तस्करले गँैंडा मारेपछि गस्ती कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी तीव्रता दिइएको उनले बताए ।

    सशस्त्रद्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । पछिल्ला वर्षमा चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । पुनः तस्करी सुरु भएपछि यसलाई विशेष ध्यान दिएर नियन्त्रणको अभियानमा निकुञ्ज प्रशासन लागेको जनाइएको छ । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा छन्, जसमध्ये छ सय ९४ चितवन राष्ट्रिय निकुञ्जमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend