logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    परराष्ट्र मन्त्रालयद्धारा श्रम स्वीकृति लिएर रुस जान रोक

    परराष्ट्र मन्त्रालयद्धारा श्रम स्वीकृति लिएर रुस जान रोक

    1.2K
    Shares
    परराष्ट्र मन्त्रालयद्धारा श्रम स्वीकृति लिएर रुस जान रोक

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले श्रम स्वीकृति लिएर रुस जान रोक लगाएको छ । रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएपछि परराष्ट्रले नेपालीहरूलाई श्रम स्वीकृति लिएर रुस जान रोक लगाएको हो । सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न बाहेकलाई रुस जाँदा कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने व्यवस्था गरेको छ ।

    विभागले एनओसी जारी गरेपछि मात्रै रुस जान दिने परराष्ट्र मन्त्रालयले जनाएको छ । श्रम स्वीकृति लिएर रुस जान रोक लगाएको विषयमा वैदेशिक रोजगार विभागले भने जानकारी नरहेको बताएको छ । श्रम स्वीकृति दिन रोक लगाइएको विषयमा परराष्ट्र मन्त्रालयबाट कुनै पत्राचार नभएको विभागका महानिर्देशक मदन दहालले बताए ।

    पछिल्लो समय श्रम स्वीकृति लिएर रुस कोही पनि नगएको उनको भनाइ छ । ‘केही दिन अगाडिसम्म २÷३ जना गएको थिए । तर, अहिले त त्यस्तो श्रम स्वीकृति लिएर जानेहरु छैनन् । हाम्रो मन्त्रालयमा मार्फत पत्राचार भयो भने रोक्छौँ ।’ उनले भने ।

    परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परागत रुपमा रहेको सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जनाएको थियो । तर, श्रम स्वीकृति लिएर गएका, भिजिट भिसा मार्फत गएका तथा पढ्नको लागि रुस तथा युक्रेन गएका नेपाली दुवै देशको सेनामा भर्ना हुँदै आएका थिए ।

    विभागको तथ्यांक अनुसार कात्तिक महिनामा व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिएर ४२ जना नेपाली रुस गएका छन् । जसमा २७ जना संस्थागत रुपमा र १५ जना व्यक्तिगत श्रम स्वीकृति लिने रहेका छन् । असोजमा ४१ जना गएका थिए ।
    युक्रेनमा भने सरकारले यसअघिदेखि नै श्रम स्वीकृति दिन रोक लगाएको थियो ।

    रुसी सेनामा कार्यरत गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई पोखरा, स्याङ्जाका पितम कार्की, दोलखाका राज कुमार रोका र इलामका गंगाराज मोक्तानको युक्रेनसँगको लडाइँमा मारिएका थिए । नेपालले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन अनुरोध गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend