logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • पीएम कप क्रिकेट : आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

    पीएम कप क्रिकेट : आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

    975
    Shares
    पीएम कप क्रिकेट : आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

    काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    सुदूरपश्चिम र आर्मीबीचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने छ । जारी प्रतियोगितामा ६ खेल खेलेको सुदूरपश्चिम ८ अंकका साथ पाँचौँ स्थानमा छ । ७ खेल खेलेको आर्मी १० अंक जोडेर चौथो स्थानमा छ ।

    यस्तै, गण्डकी र नेपाल पुलिसबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

    प्रतियोगितामा ७ खेलबाट ४ अंक जोडेको गण्डकी आठौँ स्थानमा छ । नेपाल पुलिस ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend