logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

    प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

    2K
    Shares
    प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ

    वीरगंज । वीरगंज महानगरपालिका–१६ माई धिया पोखरीबाट प्रतिबन्धित भारतीय रूपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

    प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका नोट २ सय ८० थान र नेपाली रूपैयाँ १ लाख ३३ हजार ५ सय रूपैयाँसहित तनहुँ आवुखैरनी गाउँपालिका–६ बस्ने ४० वर्षीय सुरेश दासलाई बुधबार साँझ प्रहरीले समातेको छ ।

    ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो ।

    यसैगरी, पर्सा, वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको नोट १ सय ५० थानसहित भारत बेतिया ग्राम पञ्चायत जय नतिया–९ बस्ने २७ वर्षीय पप्पु प्रसादलाई हिजो (बुधबार) राति प्रहरीले पक्राउ गरेको छ ।

    भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त भारतीय रूपैयाँसहित प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend