logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रेमबहादुर आलेलाई भौतिक पूर्वाधार मन्त्री बनाउने माधव नेपालको तयारी

    प्रेमबहादुर आलेलाई भौतिक पूर्वाधार मन्त्री बनाउने माधव नेपालको तयारी

    9.4K
    Shares
    प्रेमबहादुर आलेलाई भौतिक पूर्वाधार मन्त्री बनाउने माधव नेपालको तयारी

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना दुवै मन्त्री फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ अनुहार पठाउने गृहकार्य सुरु गरेको छ ।

    पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवुकमार नेपालले डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मन्त्रिपरिषद्मा पठाउनेगरी तयारी थालेको स्रोतले बतायो । यसअघि वन तथा वातावरण मन्त्रालय र पर्यटन मन्त्रालयको नेतृत्व गरेर निकै चर्चा तथा हाइहाइ बटुलेका सांसद आलेलाई मन्त्रिपरिषद्मा पठाउनेगरी अध्यक्ष नेपालले गृहकार्य थालेको विश्वस्त सूत्रले जनाएको छ । निकै हक्कि स्वभावका पूर्वमन्त्री आलेले यसपटक विकास निर्माणसम्बन्धी मन्त्रालयमा गएर काम गर्ने चाहना राखेका छन् ।

    अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व प्रकाश ज्वालाले गरेका छन् । तर मन्त्री ज्वालाले खासै राम्रो काम गर्न नसकेको भन्दै पार्टी भित्रै बिरोध सुरु भएको स्रोतले बतायो । दु्रत बस सञ्चालनका नाममा बजेट मात्रै सकेको र उपलब्धि खासै नभएको भन्दै मन्त्री ज्वालाको बिरोध हुन थालेको छ । मन्त्री ज्वालाले मन्त्री भएदेखि अहिले सम्म काठमाडौँका सकडका खाल्डा समेत पुर्न नसकेको आरोप लाग्दै आएको छ ।

    ज्वालालाई फिर्ता बोलाउँदा उनको ठाउँमा आलेलाई पठाउने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्वको गरेको एक वर्ष पुगेसँगै मन्त्रिपरिषद्मा सेट नै परिवर्तन गर्ने तयारी गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको छलफलमार्फत उनी यो निश्कर्षमा पुगेका हुन् ।

    प्रधानमन्त्री दाहाललाई क्याविनेटको सेट नै परिवर्तन गरेर जाँदा राम्रो सन्देश जाने र रिजल्ट पनि दिन सकिने गठबन्धनका नेताहरुको सुझाव छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि क्याविनेटमा सेट नै परिवर्तन गर्ने पक्षमा उभिएका छन् ।

    आलेलाई भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्वमा ल्याउनको लागि प्रधानमन्त्री दाहाल पनि सकारात्मक छन् । उता, कांग्रेस सभापति देउवा पनि आलेको नाममा कुनै विमति राख्ने अथवा अड्को थाप्ने पक्षमा छैनन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend