logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • बागलुङ नगरपालिकाले प्रत्येक महिना करदातालाई सम्मान गर्ने

    बागलुङ नगरपालिकाले प्रत्येक महिना करदातालाई सम्मान गर्ने

    2.3K
    Shares
    बागलुङ नगरपालिकाले प्रत्येक महिना करदातालाई सम्मान गर्ने

    ढोरपाटन । बागलुङ नगरपालिकाले राजश्व सङ्कलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ । व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोहोत्सान गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो ।

    आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगरप्रमुख राजु खड्काले बताए ।

    वैशाखको पहिलो करदाताको रुपमा बागलुङ नगरपालिका–३ की बन्दना श्रेष्ठलाई सम्मान गरेको खड्काले बताइन्। श्रेष्ठलाई नगरपालिकाको लोगोसहितको मायाको चिनो र दोसल्लालेसम्मान गरेएको उनको भनाइ छ ।

    नगर उपप्रमुख खड्का भनिन्, ‘समयै कर बुझाउनुपर्छ भन्ने प्रेरणा मिल्यो भने हिसाबले यो अभियान थालेका हौँ, कर बढाएर नभइ दायरा बढाउने, करदातालाई सम्मान गर्ने लगायतका विषयमा नगरपालिका अगाडि बढेको छ, अब करले हैन रहरले कर तिरौँ भन्ने अभियान हो, मासिक रुपमा पहिलो करदाता, धेरै कर तिर्ने करदाता र नियमित कर तिर्ने करदाता सम्मान गर्ने हाम्रो योजना हो, अहिले प्रत्येक महिनाको पहिलो करतादालाई सम्मान गर्न आइतबारदेखि शुरु गरेका छौँ ।’

    नगरपालिकाले चालु आर्थिक वर्षमा नौ करोड आन्तरिक आयको अनुमान गरेको थियो । हालसम्म झण्डै ५० प्रतिशत (पाँच करोड) मात्रै कर सङ्कलन गरेको छ । असार मसान्तसम्म राजश्व सङ्कलन लक्ष्य नजिकसम्म पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

    नागरिकले नगरपालिकालाई तिर्नुपर्ने बाहल कर, सम्पत्ती कर, निकासी कर तथा सेवामुलक करलगायतको दायारा बढाउँदै आन्तरिक आम्दानीलाई बढाउँदै गरेको छ । आर्थिक सङ्कटका कारण करतादाहरू कर तिर्नका लागि प्रोत्साहित नभएको सन्र्दभमा नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend