logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बिरामी खोज्दै घरदैलोमा डाक्टर

    बिरामी खोज्दै घरदैलोमा डाक्टर

    2K
    Shares
    बिरामी खोज्दै घरदैलोमा डाक्टर

    सुनसरी । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ । गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान शुरु गरेको हो । मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् ।

    जसले जिल्लाका विकट र दूरदराजका टोल र बस्तीमा डाक्टरी सेवाको उपलब्धतालाई सहज बनाइदिएको छ । स्वास्थ्यमा सबैको समान पहुँचको मुल उद्देश्य राखिएको अभियानलाई हरेक हप्ताको शनिवार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ । डाक्टर घिमिरेका अनुसार अभियानले विशेषगरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्ने छ । उहाँले दीर्घरोगीहरुलाई खोजेर उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गरेको बताउनु भयो । उहाँले आफूहरुको अभियान हरेक हप्ताको शनिवार घरमै पुगेर उपचार

    घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारकालागि अस्पताल सम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ । इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रुपमा अघि बढाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend